सोमवार, कार्तिक १०, २०७७

आमा !

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १२, २०७७


नविन कुमार पाण्डेय
आमा म बाट ठुलो भुल भयो ।
बाबा को उपचार मा लागेको ऋण तिर्न बिदेशिनु भुल भयो ।।
कान्छो भाई को फाटेका कपडा फेर्ने सोच बनाउनु भुल भयो ।
बहिनि को च्यातिएको किताब को गाथा हाल्ने सोच बनाउनु भुल भयो ।।
बाबाको किरिया खर्चको लागि लालपुर्जा राखी साहुबाट लिएको ऋण तिरी आफ्नै नाममा खेतबारी बनाउने सोच राख्नु भुल भयो ।
त्यही भुलले त आज म विदेशी भएको छु ।।।
त्यही बिदेशी भुमि को सिमाना बाट , तिम्रो धोति, भाई को टोपी अनि बहिनि को फरिया सहितको सानो कपडाको झोला भिरेर आपनो जन्म भुमि हेरीरहेको छु ।

आमा हो हिजो देश मा भूकम्प आउदा आफ्नो गास काटेर मलम लगाउने प्रयास गरेकै हो ।।
रास्कोटको अस्पताल होस वा चितवनको रंगशाला जो माग्न आएपनि तिनको पोल्टो भरेकै हो ।
साउदीमा होस या मलेसिया कोहि दाजुभाईलाई दुःख पर्दा पाउरोटी नखाई पनि खर्च गरेकै हो ।।
मेरै गाउँको चौतारो अनि धारो बनाउन बिदेशबाट डोनेसन भरेकै हो ।
त्यसैले त भुल भयो मेरी आमा ।।
आज मेरो देश जान ग्रेट वालको पर्खाल नाघ्नु जस्तै चुनौती पूर्ण भयको छ ।

हो आमा ।।।
म सरकारले भनेकै मान्छु ।
१४ दिन सम्म एक्लै बस्छु अनि छुट्टै खान्छु ।।
मेरो घर परिवार अनि मेरो देश बचाउनु मेरो पनि त कर्तब्य हो ।
कसरी बसु यो बिदेशी भुमिमा ।।
उता तिमि, मेरो गाउँ ,अनि परिवार ।।
यता म, बिदेशी भुमि ,अनि बेघरवार ।
हो आमा यस्तो सन्त्रास को बेला मेरो तोते बोलि बोल्ने छोरी संगै बस्नु छ ।।
मेरो आपनै गाउँको लसुन अदुवा अनि बेसार को धुलो ले आपनो शारीर पोस्नु छ ।

आमा म अन्तिम एक गल्ति गर्दैछु ।।
संकटको बेला परिवार संग बस्ने रहर पाल्दै ।
मलाई मेरै जन्म भुमि आउँ बाच्ने जन्जिर लाई फाल्दै ।।
मेरी आमा अनि मेरो जन्म भुमिलाई मुटु मा राखी ।
नेपाल आउदै छु ,घर आउदै छु गाउँ आउदै छु ।।