शनिबार, कार्तिक १०, २०८१

भारतबाट सात दिन पैदल हिँडेरै जुम्ला

  
कर्णाली टाइम्स शनिबार, बैशाख २७, २०७७

 सुर्खेत । भारतबाट सात दिन पैदल हिंडेरै १२ जना युवाहरु जुम्ला पुगेका छन् । रोजगारीका लागि तीन महिनाअघि मजुदुरी गर्न भारतको पिथौरागढमा गएका उनीहरु लकडाउनका कारण सिमापारी २१ दिन क्वारेन्टाइनमा बसेर मंगलबार जुम्ला फर्केका हुन् ।
हिमा गाउँपालिका– २ ओदीका १२ जना युवा दार्चुलाको झुलाघाट नाका हुँदै घर पुगेको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।
‘गाउँपालिकाको वडा नम्वर–२ ओदीका १२ जना युवाहरु सात दिनसम्म पैदल हिंडेर मंगलबार जुम्ला पुगेका छन्,’ अध्यक्ष शाहीले भने, ‘उनीहरुलाई फेरि गाउँपालिकाको वडा नम्बर– २ मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।’
वडा नम्वर–२ का वडा अध्यक्ष अध्यक्ष नैनसिंह रोकायका अनुसार उनीहरु भारतबाट पैदल आएपछि वडाको सम्पर्कमा आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गरि घर पडाइने छ ।