शनिबार, कार्तिक १०, २०८१

खड्का कांग्रेसको केन्द्रीय विशेष समितिमा मनोनित

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ ३, २०७७

सुर्खेत । नेपाली कांगे्रसका युवा नेता एवं व्यवसायी विष्णुबहादुर खड्का नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार उक्त कुराको जानकारी दिएको हो ।

नेपालका एकमात्र अर्बपति विनोद चौधरीको संयोजकत्वमा गठन भएको समितिमा खड्कासहित १५ सदस्य छन् । समिति २१ सदस्यीय बन्ने जारी पत्रमा उल्लेख छ । समितिलाई कोभिड–१९ को विषम परिस्थितिमा नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको प्रभाव अध्ययन गर्ने गरी दीर्घकालनी समाधानको लागि पार्टी केन्द्रीय कमिटीलाई सुझाव दिने महत्वपूर्ण जिम्मेवारी दिइएको छ । समितिका अन्य सदस्यमा जिपछिरिङ लामा, उमेश श्रेष्ठ, मोहन आचार्य, सूर्यबहादुर केसीलगायत रहेका छन् ।