शुक्रबार, बैशाख ७, २०८१

कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष खोलियो

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २९, २०७७

सुर्खेत। कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष खोलिएको छ । इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष बुधबार शिल गरिएको थियो । अन्य बिरामीहरुको समस्यालाई मध्यनजर गरि सुरक्षा सतर्कताका साथ शिल खोलिएको प्रदेश अस्पतालका कारोना फोकल प्रशन डाक्टर केएन पौडेलले जानकारी दिए ।
इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरि उपचारमा संलग्न ५ जना डाक्टरलाई आइसुलेसनमा राखिएको थियो ।

यो पनि पढ्नुहोस

कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल