शनिबार, कार्तिक १०, २०८१

शनिबार कर्णालीका थप ४ जनामा कोरोना पुष्टि, कोरोनाका सक्रिय बिरामीे २२१ जना मात्रै

  
जगतदल जनाला विक शनिबार, साउन ३, २०७७

सुर्खेत। शनिवार कर्णालीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय ३७ जना मध्ये १५ सय १० जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय २१ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
रुकुमपश्चिमका ३ जना, सल्यानका १ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु सबैको चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुममा पीसीआर परीक्षण गरिएको हो ।

जिल्लागत संक्रमितको संख्या

कर्णालीका मात्र हालसम्मको जम्मा १७३७ जना मध्ये जिल्लागत संख्या दैलेखमा ८११ जना, सुर्खेतमा ४९७ जना, सल्यानमा २२० जना, कालिकोटमा ५७ जना, जुम्लामा ४० जना, जाजरकोटमा २३ जना, मुगुमा ६ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५३ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।