आइतवार, असोज १०, २०७८

यसरी खोल्न सकिन्छ विद्यालय

  
कर्णाली टाइम्स बुधबार, भदौ २४, २०७७

  • यदुप्रसाद ज्ञवाली

यस शैक्षिक सत्रमा विद्यालय र शैक्षिक संस्थाहरू कोभिड–१९ को कारणले गर्दा बन्द रहेका छन्, जसले गर्दा विद्यार्थीहरुको शैक्षिक उन्नयन प्रायः निरुन्साहित भएको छ । मानसिक प्रभावले सबै शैक्षिक सम्भावनाहरू सफल नभएको अवस्थामा अबको अवस्थामा के गर्ने भन्ने बारेमा सबैतिर चर्चा भएको छ । तर कुनै निश्चित संचालनको नमुना स्थापित हुन सकेको छैन । केही बैकल्पिक विधिहरू संचालनको लागि आंशिक सम्भावना भएता पनि निजीस्तरमा संचालित विद्यालयहरुलाई आर्थिक अन्योलताले उपयुक्त कार्यान्वयन हुन सकिरहेको छैन । हालको अवस्थामा विद्यालय, क्याम्पस एव शैक्षिक संस्थाहरू संचालनको लागि २ वटा मोडेलबाट जान सकिन्छ ।

मोडेल १ : भर्चुअल मोडेल
यस मोडेलमा विद्यालय एवं शैक्षिक संस्थाहरुले एउटा निश्चित अनलाइन प्लेटफर्मलाई आधार बनाई शैक्षिक क्रियाकलापहरु गर्न सक्दछन् । यसको लागि सरकारी विद्यालयहरुलाई स्थानीय निकायहरुले निश्चित अनुदान प्रदान गर्ने र निजीको हकमा निश्चित शुल्क निर्धारण गरि नियमित रूपमा संचालन गर्न सकिन्छ ।

विद्यालयको जिम्मेवारी
● विद्यालयले वैधानिक भर्चुअल प्लेटफर्म निर्माण गर्नुपर्ने
● विद्यार्थीलाई प्लेटफर्म र इनरोल गर्ने
● निश्चित शुल्क निर्धारण गर्ने
● विद्यालयमा विषयगत बिद निर्माण गर्ने र त्यहि बिद बाट कक्षा संचालन गर्ने
● शिक्षकको पारिश्रमिक निर्धारण गर्ने
● विद्यालयमा एक जना आइटीविज्ञको व्यवस्था गर्ने
● अनुगमन र पृष्ठपोषण प्रदान गर्ने
● नेपाल टेलिकमसँग समन्वय गरि शिक्षा प्याकेज उपलव्ध गराउने

शिक्षकको जिम्मेवारी
● पाठ्यक्रमअनुसार योजना र शैक्षिक क्रियाकलाप गर्ने
● दैनिक शिक्षण योजना र शैक्षिक सामग्री निर्माण गर्नुपर्ने
● विद्यार्थी मूल्यांकनका साधन निर्माण गर्ने
● विद्यालयको योजना अनुरुप आफ्नो योजना निर्माण गरि कार्यान्वन गर्ने
● सिकाइ सामग्री, विद्यार्थीको पढ्ने सामग्री र परियोजना कार्यको निर्माण गर्ने

अविभावकको जिम्मेवारी
● विधार्थीको भर्ना गर्ने
● विद्यालय संग समन्वय गर्ने
● विद्यार्थीको क्रियालापको साथै विद्यालयले गरेका प्रयासहरुलाई अनुगमन गर्ने र सुझाव प्रदान गर्ने
● इन्टरनेटको व्यवस्थापन गर्ने

विद्यार्थीको जिम्मेवारी
● नियमित कक्षामा अनुशासित ढंगले उपस्थित हुने
● कक्षा क्रियाकलापमा सहभागी हुनुपर्र्ने
● परियोजना कार्यहरू समयमा गर्नुपर्ने

मोडेल २ : प्रत्यक्ष कक्षा शिक्षण
यो अवस्थामा प्रत्यक्ष कक्षा शिक्षण पूर्णरुपमा असम्भव मानिएको छ । शैक्षिकसत्र संचालनको लागि सम्बन्धित निकायहरू तयार नरहेको र त्रास बढिरहेको अवस्थामा शैक्षिक संस्था खोल्नु हँुदैन भन्ने मान्यताले यस्तो ठानिएको हो । शिक्षक विद्यार्थी सुरक्षित रहन्छन भन्ने विश्वासले गर्दा शैक्षिक क्रियाकलचपहरु प्रभावित भइरेहेका छन् । अन्य ठाउँको अवस्था हेर्दा सामाजिक एवं व्यक्तिगत दुरी कायम गरि विद्यालयहरुले शैक्षिक क्रियालप संचालन गर्न सकिने र त्यसको लागि निम्नानुसारको क्रियाकलापहरू गर्न सकिन्छ ।

आवश्यक सामग्री र संरचना
● हात धुने व्यवस्था
● स्यानिटाइजरको व्यवस्था गर्ने । विद्यालयमा स्प्रे गर्ने
● शिक्षक
● स्वास्थ्यकर्मी
● अभिभावक
● विद्यालय प्रसासन
● विद्यार्थी

विद्यालय संचालन रणनीति
१. विद्यार्थी भर्ना

२ . पाठ्यसामग्री निर्माण ( पाठ्यक्रम अनुसार
● शिक्षकहरुले कक्षागत उद्देश्य अनुसार सिकाइ सामग्री निर्माण गर्ने
● सिकाइ सामग्री अनुसार शिक्षण सिकाई क्रियाकलाप

३. कक्षाकोठा व्यवस्थापन
● प्रतिबेन्च १ देखि २ जना विद्यार्थी राख्ने
● एउटा कक्षामा अधिकतम १५ जना विद्यार्थी रहने गरि कक्षाकोठा व्यवस्थापन गर्ने
● शिक्षक (विषय) अनुसारका ल्याब निर्माण गरि शिक्षण क्रियाकलाप संचालन गर्ने
● शैक्षिक सामग्री निर्माण गरि अध्ययन अध्यापन गराउने
● अन्तरक्रियात्मक विधिहरूको प्रयोग गरिने

४. स्वाथ्य परीक्षण
स्वाथ्य परीक्षण व्यवस्थापनको लागि विद्यालयमा एकजना स्वास्थ्यकर्मी नियुक्ति गर्ने । प्रत्येक दिन स्वास्थ्यकर्मीद्वारा प्रत्येक विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गर्ने । विद्यालयले नजिकैको अस्पतालसँग समन्वय गर्ने

५. समय तालिका व्यवस्थापन
प्रतिदिन ३ वटा विषय पढाउने गरि विद्यालयले समय तालिका निर्माण गर्ने । बारअनुसार कक्षा तोक्ने । जस्तै– प्रिस्कुल, कक्षा १ देखि ४ सम्मलाई ३ दिन र ५ देखि १० सम्मलाई ३ दिन व्यवस्थापन गर्ने

६. सुरक्षा नीति
● विद्यार्थीहरू आफ्ना सामग्री (कपि, किताव, पानी, नास्ता ) सुरक्षित तवरले घरबाट स्यानिटाइज गरेर आउने र स्कुल आइपुग्दा बित्तिकै पुनः स्यानिटाइज गर्ने । अन्य विद्यार्थीको सामग्री नछुने
● अभिभावकले विद्यार्थीको सुरक्षाको लागि पीपीइको व्यवस्था गर्ने ।
● विद्यालयले वडा कार्यालय एवं स्थानीय निकायसँग समन्वय गरि शिक्षक, कर्मचारीको स्वास्थ्य परीक्षण गराउने ।
● शिक्षकहरुलाई विद्यालयले पीपीईका व्यवस्था गर्ने ।
● पेडलबाट संचालित पानी टंकीको व्यवस्थापन गर्ने । कक्षाकोठाहरुलाई प्रत्येक पिरियडपछि स्यानिटाइनज गर्ने ।
● विद्यार्थीलाई विद्यालयसम्म अभिभावक स्वयं उपस्थित भएर छाड्ने र विद्यालय बिदा भएपछि लिन आउने ।
● ज्वरो, रुघाखोकी भएकों अवस्थामा बालबालिकालाइ घरमै राख्ने र उनीहरुको लागि अध्ययन सामग्री उपलव्ध गराउने ।
● अन्य आवश्यक नीतिहरू विद्यालय र अविभावकले छलफल गरेर निर्माण गर्ने ।
● शौचालयहरु पूर्ण रुपमा स्यानिटाइज गर्ने ।

यसप्रकार विद्यार्थीको शैक्षिक मानसिकता निर्माण, शैक्षिकशत्रको निरन्तरता र अभिभावकहरूको चिन्तालाई सम्बोधन गर्न सकिन्छ ।्र पहिलो चरणमा कुनै १ वा २ वटा कक्षाहरुमा परीक्षण गरिनेछ । अविभावकको सल्लाह र सुरक्षाको परिस्थिति अनुकूल अन्य कक्षाहरुमा लागु गरिनेछ ।