शनिबार, बैशाख ८, २०८१

कोरोना संक्रमित सुर्खेतका ८६ बर्षीय बृद्धको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक ४, २०७७


सुर्खेत । सुर्खेतमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । मंगलवार दिउँसो कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ८६ बर्षीय बृद्धको मृत्यु भएको हो । वीरेन्द्रनगर–८ सुर्खेतका उनलाई असोज ३० गते बेलुका उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पताल भर्ना हुनुअघि उनमा ज्वारो र खोकीको लक्षण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
कात्तिक १ गतदेखि आईसीयुमा राखेर उनको उपचार गरिएको उनले बताए । सोही दिन बिहान स्वाब संकलन गरी पिसीआर गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपाली सेनाको समन्वयमा मंगलबार नै उनको शव व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।