शनिबार, मंसिर २०, २०७७

मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

  
कर्णाली टाइम्स सोमवार, मंसिर १, २०७७

जुम्ला । मानव फाउण्डेसनले जुम्ला कारागारका कैदी–बन्दीलाई फलफूल वितरण गरेको छ । फाउण्डेसनको टिमले कारागारमै पुगेर तिहारको शुभकामनासमेत दिएको छ ।

फाउण्डेसनकी अध्यक्षसमेत रहेकी चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कारागारमा रहेका १ सय १९ जना कैदी–बन्दीलाई फलफूल वितरण गरिएको बताइन् । ‘विभिन्न कारणले जेलमा रहेका व्यक्तिहरुलाई दसैंतिहारमा न्यास्रो नहोस् भनेर त्यहीँ पुगेर शुभकामना आदान प्रदान गरिएको हो,’ उनले भनिन् ।

मानव फाउण्डेसन नेपाली कांग्रेसका तत्कालीन जुम्ला जिल्ला सभापति स्वर्गीय मानव सेजुवालको स्मृति र सम्मानमा स्थापना भएको सामाजिक संस्था हो । सेजुवालको करिब ७ वर्षअघि हवाइ दुर्घटनामा परी निधन भएको थियो । फाउण्डेसनमार्फत सामाजिक विकासको लागि विभिन्न सेवामूलक काम गर्ने उद्देश्य राखिएको अध्यक्ष सेजुवालले बताइन् ।