शनिबार, बैशाख ८, २०८१

हुम्लामा जीप दुर्घटनाः ४ जनाको मृत्यु, ७ जना घाईते

  
कर्णाली टाइम्स शनिबार, मंसिर २०, २०७७


सुर्खेत । हुम्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओखे्रनीमा गएराति जीप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
राति साढे १० बजेतिर नाम्खा गाउँपालिका–१ हेप्काबाट सदरमुकाम सिमकोट जाँदै गरेको खार्पुनाथ यातायात प्रालिको लु २ च २१०२ बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सिमकोट गाउँपालिका–७ का पर्वत सुनार, सिमकोट गाउँपालिका–२ का पारस बोहोरा, नाम्खा गाउँपाििलका–१ हेप्काका गुरु तामाङ र उनकी श्रीमति डुकी तामाङ रहेका छन् ।
यस्तै दुर्घटनामा परि ७ जना घाईते भएका छन् । सिमकोट–२ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट–६ का अजय वस्नेत, सिमकोट–८ की कल्पना सिंह, एक बर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र बाजुराका कवी सिंह रहेका घाईते छन् ।
घाईतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोडदेखि ४०० मिटर तल जीप खसेको छ ।