सोमवार, फागुन १७, २०७७

कर्णालीका मुख्यमन्त्री शाहीले गरे सचिवालय हेरफेर, तीन जनालाई हटाएर नयाँ ल्याए

  
कर्णाली टाइम्स बिहीबार, फागुन ६, २०७७


सुर्खेत । बुधवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो निजी सचिवालय हेरफेर गरेका छन् । हालका तीनजना सचिवालय सदस्यलाई हटाएर उनीहरुको ठाउँमा नयाँ सदस्य ल्याएका छन् ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरफेर गरिएको हो । मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा कृष्ण प्रसाद आचार्य, स्वकीय सचिवमा रविन्द्र बहादुर शाही र जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक नियुक्त भएका छन् ।
विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट विदाई गरिएको छ ।
पूर्व प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले अरु नेता तथा कार्यकर्तालाई पनि अवसर दिने सल्लाह अनुसार मुख्यमन्त्रीले सचिवालय हेरफेर गरेको बताए ।
प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा रहेका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले तीन दिन अघि मात्र पदबाट राजीनामा दिएका थिए । उनले आफू व्यक्तिगत रुपमा व्यस्त भएकाले राजीनामा दिएको बताएका छन् ।