शनिबार, जेष्ठ १, २०७८

कर्णालीका थप ३ जिल्लामा निषेधाज्ञा

  
कर्णाली टाइम्स शनिबार, बैशाख १८, २०७८


सुर्खेत । कर्णाली प्रदेशका थप ३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जाजरकोटमा आजदेखि वैशाख २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । रुकुम पश्चिममा भोलीदेखि वैशाख ३१ गतेसम्म र सल्यानमा भोलीदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । जारी निषेधाज्ञा वैशाख २१ गते रातिसम्म रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।