शनिबार, बैशाख ८, २०८१

सामजिक सञ्जालका एड्मिनहरुले प्रवाह गर्दैछन् कोभिड रोकथामका लागि सन्देश

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २१, २०७८


सुर्खेत । कोरोना रोकथामका लागि सामाजिक सञ्जालहरुबाट पनि सन्देश प्रवाह गर्ने गरिएको छ । सामाजिक सञ्जालमा बनाईएको पेज, ग्रुपबाट एड्मिनहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सन्देशमुलक सामग्री प्रसारण गर्ने गरिएको छ ।
सुर्खेतमा रहेका सामाजिक सञ्जालमा आवद्ध एड्मिनहरुले सामुदायिक प्रहरीसँग यसबारे छलफल गरेका छन् । प्रहरीसँग भएका जानकारी तथा सूचनामुलक सन्देश प्रवाह गर्ने विषयमा सामुदायिक प्रहरीसँग छलफल गरिएको ‘मोटे ग्याङ्ग नेपाल’ फेसबुक पेजका एड्मिन कुमार थापाले बताए ।
‘प्रहरीले पनि हामीबाट लिन मिल्ने बाईट लिएर सन्देशमुलक सामग्री प्रसारण गर्न सक्नुहुन्छ भनेर भन्नुभएको छ, प्रहरीले यस्तो कार्यमा हामीलाई साथ दिने विश्वास हामीलाई छ ।’ उनले भने ।
पछिल्लो समय ‘कर्णाली कोभिड जित्दै छ’ नामको फेसबुक पेज पनि सिर्जना गरिएको छ । यो पेजमार्फत विभिन्न कलाकारहरुलाई जोडेर कोरोनाविरुद्धको सन्देशमुलक सामग्री प्रसारण गरिने थापाले बताए । प्रसारण भएका सन्देशमुलक समाचारहरु पनि यसमार्फत पोष्ट गरिने उनले बताए ।
यो पेजमा कर्णालीका विभिन्न जिल्लाका मानिसहरु जोडिएका छन् । कोभिड जितेर फर्किएकाहरु पनि यो पेजमा जोडिएको छन् ।