शनिबार, बैशाख ८, २०८१

सदस्यता नविकरण शुल्क छुट दिने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

  
कर्णाली टाइम्स मंगलबार, साउन १२, २०७८

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले सदस्यता नविकरणको लागि असार मसान्तसम्मको शुल्कमा छुट दिने भएको छ । सोमबार बसेको संघको वैठकले नविकरण नभएका सदस्यहरुका लागि असार मसान्तसम्मको शुल्क छुट दिने निर्णय गरेको हो ।
वैठकले संघको वीरेन्द्रनगरस्थित भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गरेकाहरुलाई पनि एक महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । कोभिड महामारीले व्यवसायमा पारेको असरलाई मध्यनजर गर्दै आफ्नो भवनमा व्यवसाय गर्नेहरुलाई छुट दिने निर्णय गरेको हो ।
यस्तै अन्य उद्योगी तथा व्यवसायीहरुलाई पनि घरधनीले आफ्नो ईच्छा अनुसार भाडा छुट गर्न सार्वजनिक अपिल गर्ने निर्णय संघले गरेको महासचिव लक्ष्मण कँडलले बताए ।
‘महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीका कारण उद्योगी, व्यापारी आक्रान्त छन, अहिले केहि खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको छ ।’ कँडेलले भने ।
यस्तै कोभिड महामारीका कारण स्थगित भएका ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय गरिएको छ ।