शुक्रबार, पुस ४, २०८२

एसईईको नतिजा सार्वजनिक

  
कर्णाली टाइम्स शनिबार, साउन २३, २०७८


सुर्खेत। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।
बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्डले जनाएको छ ।
यसपालि पाँच लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए। कोभिड-१९ को महामारीका कारण परीक्षा नभए पनि विद्यालयहरूले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।