बिहीबार, पुस १०, २०८२

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

  
कर्णाली टाइम्स आइतवार, साउन २४, २०७८
फाईल तस्विर।

सुर्खेत। सुर्खेतमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तोकिएको छ । कोभिड–१९ को संक्रमण दर फेरि बढ्न थालेसँगै मास्क लगाउन अटेर गर्ने मानिसलाई जरिवाना गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क अनिवार्य गर्न जनचेतनामुलक अभियान पनि सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरुले मास्क अनिवार्य लगाउन प्रचारसहितको अभियान थालेका छन् ।
सर्वसाधारणले मास्क लगाउन जति आग्रह गरेपनि नमानेका कारण जरिवाना लिन थालिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
उनका अनुसार जरिवाना तिराउँदै मास्क पनि दिने गरिएको छ । आईतबार मात्र ५ हजार बढी जरिवाना रकम संकलन भएको उनले बताए ।