कर्णाली टाइम्स
मंगलबार, भदौ १, २०७८

सुर्खेत। प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संगठन डेमाक्रेटिभ लयर्स एसोसियसन सुर्खेतको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा पुनः चयन भएका छन् । एसोसियसले मंगलबार चयन गरेको कार्यसमितिमा अधिवक्ता सापकोटा पुनः अध्यक्ष चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा अधिवक्ता भानुभक्त गौतम, सचिवमा अधिवक्ता नारायण प्रसाद कंडेल र कोषाध्यक्षमा अधिवक्ता उत्तम प्रसाद आचार्य चयन भएका छन् ।
सदस्यहरुमा अधिवक्ता गणेशभक्त केसी, लोकबहादुर ढकाल र खेमराज तिवारी चयन भएका छन् ।
साधारणसभाले केन्द्रीय प्रतिनिधिमा अधिवक्ता धु्रवकुमार श्रेष्ठ, अधिवक्ता विवसकुमार बस्नेत, अधिवक्ता डा. अर्जुन ऐडीलाई सर्वसम्मत चयन गरेको छ ।
