कर्णाली टाइम्स
बिहीबार, भदौ ३, २०७८
,
सुर्खेत। कर्णाली प्रदेश सरकारले यही भदौ भोली सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारको २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
जस अनुसार भोली सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्।
२०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो। प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो।
उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ।

