शनिबार, पुस ५, २०८२

माओवादी केन्द्रले तोक्यो प्रदेशका पदाधिकारी र जिल्लाका ईञ्चार्ज

  
कर्णाली टाइम्स आइतवार, भदौ ६, २०७८


सुर्खेत। नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो।
त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । उनका अनुसार बैठकमा मुख्यतया केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेण्डामा छलफल भएको थियो।
त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम पनि वैठकबाट गरिएको छ।
माओवादी केन्द्रले जिल्लाको नेतृत्वलाई जिल्ला समन्वय समितिका रुपमा बनाएको छ। समन्वय समितिहरुमा संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको प्रवक्ता श्रेष्ठले बताए। सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको पनि उनले बताए।
अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गरिएको प्रवक्ता श्रेष्ठले बताए।
बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।