बिहीबार, पुस १०, २०८२

पत्रकार परिचय दिएर ठगी गर्ने दुईजना पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, भदौ ८, २०७८

सुर्खेत। पत्रकार भनेर ठगी गर्ने दुईजना सुर्खेतबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुलाई भदौ ३ गते पक्राउ गरिएको हो।
‘सुर्खेत न्युज–२४’ को पत्रकार भनेर अरुलाई ठगी गरेको अभियोग उनीहरुमाथी लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार उनीहरुमाथी ठगी मुद्दा चलिरहेको छ।
पत्रकारको परिचय दिएर ठगी गर्नेहरु धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको उनले जानकारी दिए। उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भनेर अरुबाट पैसा उठाउने गरेका थिए।
दुवैजनामाथि ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।