कर्णाली टाइम्स
शुक्रबार, भदौ ११, २०७८

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गर्दै नदी, सहायक नदी, खोला तथा तटीय क्षेत्रमा नजान आग्रह गरेको छ। अझै लगातार तीन दिनसम्म बर्षा हुने सम्भावना भएकाले सर्तक रहन प्रशासनले आग्रह गरेको हो ।
कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित भारी बर्षाको सम्भावना भएकाले आउँदो सोमबारसम्म ठूला नदी, सहायक नदीहरुको तटीय, होचो तथा डुवान क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ ।
यो समयमा नदीमा नुहाउन, काठदाउरा छोप्न, माछा मार्न, घुम्न जाने जस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।
