शनिबार, बैशाख १५, २०८१

खर्चिलो र भड्किलोपना हटाएर तिज मनाउनूस् : प्रदेश प्रमुख कलौनी

  
कर्णाली टाइम्स बिहीबार, भदौ २४, २०७८

सुर्खेत। कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले भड्किलोपनलाई हटाएर तिज मनाउन आग्रह गरेका छन् । तिज मनाउने क्रममा देखिएको खर्चिलो र भड्किलोपनलाई हटाउन सकेमा पर्वको मौलिकता र सांस्कृतिक महत्व कायम राख्न सकिने उनले बताए ।
हरितालिका तिजको अवसरमा शुभकामना सन्देश दिँदै कलौनीले पर्वले समाजमा विद्यमान लैगिंक विभेद लगायत सबै प्रकारका असमानताहरु अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्नेतर्फ अग्रसर गर्ने विश्वास व्यक्त गरे ।
‘हरितालिका तिजलगायत यस्ता सांस्कृतिक पर्वहरुले सबै नेपालीहरको बीचमा विविधतामा एकता, धामिर्क सहिष्णुता तथा सामाजिक सदभाव कायम गर्ने विश्वास व्यक्त गरेको छु,’ प्रदेश प्रमुख कलौनीले शुभकामना सन्देशमा लेखेका छन् ।