शुक्रबार, बैशाख ७, २०८१

चार महिनादेखि उपचारारत रानालाई तरुण दल सुर्खेतका अध्यक्ष विष्टको सहयोग*

  
कर्णाली टाइम्स बिहीबार, असोज १४, २०७८

सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले केही समयदेखि उपचारारत पीडितलाई आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि उपचार गराईरहेका वीरेन्द्रनगर–१ का तिर्थ बहादुर रानालाई विष्टले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
परिवारको खर्च जुटाउन दैनिक ज्याला मजदुरी गर्दै आएका राना आफू बिरामी भएदेखि काम गर्न सक्ने अवस्थामा छैनन् । ‘मेरो मात्र सहयोगले सबै उपचार सम्भव त हुने कुरा भएन, तर सक्दो सहयोग गर्नुपर्छ,’ तरुण दल सुर्खेतका अध्यक्ष विष्टले भने, ‘एकलाई पर्दा अर्कोले सहयोग गर्ने बानी हामी सबैले बसाल्नु जरुरी छ ।’
विपन्न परिवारका क्यान्सर पीडित रानाले विगत चार महिना यता चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उपचार खर्चमा रानाले हालसम्म ६ लाख रुपैयाँ भन्दा धेरै खर्च गरिसकेका छन् । उनलाई क्यान्सर भएको आशंका गरिएको छ ।
पित्तथैलीमा मासु पलाएको भनेर शल्यक्रिया गर्दा क्यान्सर रोगको लक्षण देखिएपछि त्यसयता उनको चितवनमा उपचार भईरहेको छ ।
रानाका श्रीमती र २ छोराछोरी छन् । राना बिरामी परेपछि छोराछोरीको पढाइ प्रभावित बनेको छ । दैनिक गुजारा गरेर खान पनि समस्या भएकोले उनलाई सहयोगको आवश्यता परेको तरुणदल सुर्खेत अध्यक्ष विष्टले बताए ।