शनिबार, पुस १२, २०८२

पहिरोले घर भत्किँदा कालीकोटमा एकजनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक २, २०७८
प्रतिकात्मक तस्विर

सुर्खेत। पहिरोले घर भत्किँदा कालीकोटमा एकजनाको मृत्यु भएको छ। महाबै गाउँपालिका–७ का विष्णुलाल अधिकारीको घरमाथीबाट आएको पहिरोमा परि उनकी १८ बर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति घरमा पहिरो आएको हो।
पहिरोमा परेकी विष्णुलालकी अर्की ११ बर्षकी छोरीको भने उद्दार गरिएको छ। प्रहरीका अनुसार घरका अरु सदस्य भने सकुशल छन्।