सोमवार, पुस १४, २०८२

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

  
कर्णाली टाइम्स बुधबार, कार्तिक ३, २०७८


सुर्खेत। आज कर्णाली प्रदेशमा सार्वजनिक विदा दिईएको छ। असोज शुक्ल पूर्णिमको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।
२०७८ वैशाख १७ गतेको मन्त्रिपरिषद्को वैठकले गरेको निर्णय अनुसार आज कर्णाली प्रदेशमा सार्वजनिक विदा दिईएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै आज सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने जनाएको छ।