सोमवार, पुस १४, २०८२

मुगु बस दुर्घटनाः घाईते एकजनाको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ३३ पुग्यो

  
कर्णाली टाइम्स बुधबार, कार्तिक ३, २०७८


सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा घाईते एकजनाको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ ।
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा छाँयानाथ रारा नगरपालिका–१४ का २७ बर्षीय दन्त बुढाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अरु आठ जनामध्ये चारजनाको उद्दारपछि ताल्चा विमानस्थलमा मृत्यु भएको थियो भने चार जनाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको थियो ।