सोमवार, पुस १४, २०८२

डोल्पामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते

  
कर्णाली टाइम्स आइतवार, कार्तिक ७, २०७८


सुर्खेत। डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाईते भएका छन्। दुर्घटनामा डोल्पाका एकजना जीप चालक र मकवानपुरका ८ जना घाईते भएका हुन्।
दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आइतबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो।
घाईते हुनेहरुमा मकवानपुरको हेटौंडा नगरपालिका–९ का ३८ बर्षीय विष्णु श्रेष्ठ, अशोक सारुमगर, ३१ बर्षीय जीवन शर्मा वडा नम्बर ११ का २२ बर्षीय बुद्धविर लामा, वडा नम्बर ४ का ३९ बर्षीय सुरेश श्रेष्ठ, रमेश गौतम, वडा नम्बर १ का ३६ बर्षीय सुशिल राज गिरी, वडा नम्बर ७ का ३८ बर्षीय किरण अधिकारी रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
डोल्पाको ठूलीभेरी नगरपालिका–९ का जीप चालक २० बर्षीय जुकोष शाही पनि घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको छ।
प्रहरीका अनुसार जीपको स्टेयरिङ फेल हुँदा दुर्घटनामा परेको हो।