कर्णाली टाइम्स
बुधबार, कार्तिक १०, २०७८

सुर्खेत। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेका थिए।
पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए।
पाण्डेले आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जनाको हस्ताक्षर पेश गर्दै मुख्यमन्त्री पदमा दावी गरेका हुन्। यहाँ बहुमत पुर्याउन ५५ सांसद भए पुग्छ।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा दिएकी थिइन्। उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका थिए।
