बिहीबार, मंसिर २३, २०७८

नेपाल बैंकर्स संघ कर्णालीको संयोजकमा पोखरेल

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक १८, २०७८

सुर्खेत। नेपाल बैंकर्स संघ (एनबिए) कर्णाली प्रदेशको संयोजकमा राजनप्रसाद पोखरेल चयन भएका छन्। एनआईसी एसिया बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख पोखरेललाई सोमबार बसेको कार्यसमितिको बैठकले संयोजक चयन गरेको हो।

पोखरेलको संयोजकत्वमा ७ सदस्यी नयाँ कार्यसमिति बनेको छ। सानिमा बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख भोला राज पन्त, ग्लोबल आई एमई बैंकका विष्णु अर्याल, सेन्चुरी कमर्सीयल बैंकका धर्मराज श्रेष्ठ, सिटीजन्स् इन्टरनेस्नल बैंककका विनय गौतम, कुमारी बैंकका हिमाल मुडभरी र सिभिल बैँकका अभिजित श्रेष्ठलाई सदस्यमा चयन गरिएको छ।

संयोजक पोखरेल १३ बर्ष देखि बैंकिङ् क्षेत्रमा कार्यरत छन्। उनले एनआई सी एसिया बैंक लिमिटेड कर्णाली प्रदेशको प्रमुख हुनुभन्दा पहिले लुम्बिनी प्रदेश कार्यालयको उप–प्रमुखको कार्यभार सम्हालेका थिए।

संघले आगामी दिनहरुमा बित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक पोखरेलले बताए।