सोमवार, मंसिर ८, २०८२

दाङबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक १८, २०७८

सुर्खेत। दाङबाट सुर्खेत आउन लागेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा १ च १३१० नम्बरको जीप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका-१३ झुप्रा खोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा दाङको घोराही नगरपालिका-१३ का २९ बर्षीय जीप चालक राजु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार जीप आफैं अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा परि सहचालक रोल्पा लिवाङ नगरपालिका-३ का १६ वर्षीय लोकेन्द्र सुनार घाइते भएका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।