सोमवार, मंसिर ८, २०८२

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक १८, २०७८

सुर्खेत । ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ बर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।
रविनकी दिदी रानी राना मगर घाईते छिन् । उनको टाउकोमा चोट लागेको छ । कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए । डिएसपी घर्तीका अनुसार घाईतेको अवस्था गम्भीर छ ।
ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आफन्तले छिन्चु बजार र सडक खण्ड बन्द गरेका छन् ।