आइतवार, मंसिर ७, २०८२

तीन प्रदेशका प्रमुख फेरिए, कर्णालीमा तिलक परियार

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक २३, २०७८


सुर्खेत। सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुखहरु फेरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु फेर्ने निर्णय गरेको हो।
प्रदेश १ मा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय सरकारले गरेको हो। उनीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाईसकिएको छ।
प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्। प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्।
कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।
यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्।