बिहीबार, मंसिर ४, २०८२

कर्णाली प्रदेश प्रमुख परियारले गरे भदभार ग्रहण

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक २६, २०७८

सुर्खेत। नवनियुक्त कर्णाली प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएर उनी शुक्रबार सुर्खेत आईपुगेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा परियारलाइ मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही लगायतका पदाधिकारीले औपचारिक रुपमा स्वागत गरेका छन्।
कार्तिक २३ गते सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नयाँ नियुक्त गरेकाे थियाे।
कर्णालीमा नियुक्त भएका परियार लुम्बिनी प्रदेशको बाँके जिल्ला निवासी हुन्। उनी यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए।
कर्णालीका यसभन्दा पहिलाका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले नियुक्त गरेको थियो।
स्वागत कार्यक्रममा परियारले कर्णालीमा आएर काम गर्ने अवसर पाउँदा आफूलाई खुशी महसुश भएकाे बताए।