जाजरकोट बस दुर्घटनाः
जाजरकोटमा भएको बस दुर्घटनामा परि मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ।
मृतकहरुमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार बर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादव रहेका छन्।
नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो। शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजेर ३५ मिनेटमा सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि चालकसहित अरु २८ जना घाईते भएका छन् जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी गरिएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
यस्तै नेपालगञ्जका २५ बर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन घाईते छन्।
जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार, रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाईत भएका छन्।
कर्णाली टाइम्स
आइतवार, मंसिर १२, २०७८