काँग्रेस सुर्खेत अधिवेशनः
सुर्खेत। नेपाली काँग्रेसको सुर्खेत जिल्ला कार्यसमितिमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ। आइतबार भएको निर्वाचनबाट प्यानल विजयी भएको हो।
आइतबार उपसभापति भन्दा मुनिका पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन भएको थियो।
सभापतिमा संस्थापन पक्षबाट एकल उम्मेदवारी परेपछि निर्वाचन गर्नुपरेन। सभापतिमा शनिवार नै खड्क पोखरेल निर्विरोध भईसकेका छन्। संस्थानइतर समूहबाट सभापतिका लागि उम्मेदवार नै थिएनन्।
संस्थापन समूहबाट भएका आकांंक्षीलाई भने छलफलबाट मिलाएर लगिएको थियो।
आइतबार भएको निर्वाचनबाट उपसभापतिमा विष्णुबहादुर खड्का र टोपबहादुर रावत निर्वाचित भएका छन्। खड्काले १ हजार २०३ मत ल्याएका छन् भने रावतले १ हजार १६० मत पाएका छन्।
सचिवमा देवकुमार सुवेदी र बालदीप कँडेल, सहसचिवमा प्रकाश डिसी र हरि विष्ट निर्वाचित भएका छन्।
सदस्यहरुमा खसआर्य महिलामा दुर्गा रेग्मी शर्मा, निर्मला सापकोटा, राधा भण्डारी निर्वाचित भएका छन्। खसआर्य प्रत्यक्षतर्फ खगेन्द्र नगाल, दुर्गबहादुर खत्री, मोहनसिंह थापा, क्षेत्रमणि गिरी निर्वाचित भएका छन्।
आदिवासी जनजाती महिलाबाट तेजकुमारी गुरुङ सदस्यमा निर्वाचित भएकी छन्। आदिवासी जनजाती प्रत्यक्षबाट टेकबहादुर गुरुङ, तिलकबहादुर मर्साङ्गी मगर निर्वाचित भएका छन्।
यस्तै दलित महिला सदस्यमा चन्द्राकुमारी नेपाली र लिलमति विक, दलित प्रत्यक्षमा देवबहादुर सार्की र नरबहादुर सुनार निर्वाचित भएका छन्।
अल्पसंख्यक वा अपांगता कोटामा बालाराम पोखरेल निर्वाचित भएका छन्।
पालिकाबाट जिल्ला कार्यस मितिमा आउने सदस्यहरुमा सिम्ता गाउँपालिकाबाट प्रत्यक्ष महिलामा भिमा मल्ल, प्रत्यक्षमा राजेन्द्रकुमार सिंह निर्वाचित भएका छन्।
चिङ्गाड गाउँपालिकाबाट प्रत्यक्ष महिलामा तुल्सा शर्मा, प्रत्यक्षमा पदमबहादुर वली निर्वाचित भएका छन्। बराहताल गाउँपालिकाबाट महिलामा लक्ष्मी पुन मगर र प्रत्यक्षमा तुलादेव भारती निर्वाचित भएका छन्।
भेरीगंगा नगरपालिकाबाट महिलामा भक्तिकुमारी डांगी, प्रत्यक्षमा सुरेन्द्र केसी र हरिप्रसाद कँडेल निर्वाचित भएका छन्। लेकवेशी नगरपालिकाबाट महिलामा खिला पौडेल, प्रत्यक्षमा नरेन्द्रबहादुर खत्री र भूपेन्द्रबहादुर खड्का निर्वाचित भएका छन्।
वीरेन्द्रनगर नगरपालिकाबाट महिलामा रुपा श्रेष्ठ, प्रत्यक्षमा कर्णबहादुर राना र पूर्णबहादुर ढकाल निर्वाचित भएका छन् भने पञ्चपुरी नगरपालिकाबाट महिलामा ज्ञानुकुमारी कँडेल, प्रत्यक्षमा नरेन्द्रबहादुर शाही र भक्तिप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।
चौकुने गाउँपालिकाबाट महिलामा सुमित्रा जोशी, प्रत्यक्षमा तारा देवकोटा निर्वाचित भएका छन्।
जिल्ला कार्य समिति चयन गर्दा आउने प्रदेश अधिवेशन प्रतिनिधिमा अपांगताबाट रामबहादुर शाही निर्वाचित भएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ललितबहादुर वली निर्वाचित भएका छन्।
काँग्रेसको १४ औं अधिवेशनबाट सुर्खेतका सबै कार्यसमितिमा संस्थापन पक्षको बर्चस्व कायम भएको छ।
जिल्लाका २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षले नेतृत्व लिएको छ। यस्तै ९ पालिकामध्ये ८ वटामा र ९९ वडा मध्ये ८६ वटामा संस्थापन पक्ष हाबी भएको छ।