बुधबार, पुस ९, २०८२

नेकपा (एस) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा देवी ओली

  
कर्णाली टाइम्स बुधबार, मंसिर १५, २०७८


सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छन् । मंगलबारको दलको वैठकले उनलाई सचेतकको जिम्मेवारी दिएको हो ।
तीन सदस्यीय नेकपा (एस) को संसदीय दलका नेता चन्द्रबहादुर शाही छन् । उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन् ।
नेकपा (एस) कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद् पदमबहादुर रोकाया छन् ।