कर्णाली टाइम्स
बुधबार, मंसिर १५, २०७८

सुर्खेत। सुर्खेत र दैलेख जोड्ने सडक एक महिनासम्मका लागि बन्द हुने भएको छ। गाईबान्ना भिरमा रहेको चट्टान काटेर बाटोलाई फराकिलो बनाउन सडक बन्द गराउन लागिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।
प्रशासनले सूचना जारी गरी आजदेखि पुस १४ गतेसम्म सडक बन्द हुने जानकारी गराएको छ।
उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । प्रशासनले सूचना यात्रुवाहक र मालवाह सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गराउन आग्रह गरेको छ।
मर्मतका क्रममा लागिएको यो सडकम साना जीप, कार तथा मोटरसाईकल बाहेक यात्रुबाहक र मालबाहक गाडी सञ्चालन गर्न सकिने छैन।
यो सडकको सट्टामा अब दैलेखमा पर्ने तल्लो डुङ्गेश्वर हुँदै ठूला सवारी साधन चलाउन सकिने छ।
