शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसको संस्थापन पक्षबाट ललितजंग शाही कर्णाली प्रदेश सभापतिका उम्मेदवार

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर १७, २०७८


सुर्खेत । संस्थापन पक्षले पनि कर्णाली प्रदेशको सभापतिको उम्मेदवार टुंग्याएको छ । संस्थापन पक्षले जुम्लाका ललितजंग शाहीलाई उम्मेदवार बनाएको हो ।
आज उम्मेदवारहरुको मनोनयन प्रक्रिया चलिरहेको छ । अरु पदाधिकारी तथा सदस्यको टुंगो लगाउन बाँकी छ ।
सभापतिका उम्मेदवार शाही २०७० मा संविधान सभा सदस्य थिए ।
संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई समापतिको उम्मेदवार बनाएको छ । बिहिवार शाहीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
हाल तरुण दलको महामन्त्री रहेका शाही कालीकोटका हुन् ।