कर्णाली टाइम्स
बुधबार, मंसिर २२, २०७८

सुर्खेत। भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा टाईम्स अफ ईन्डियामा समाचार छ।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ। दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ।
प्रकाशित समाचारअनुसार अहिलेसम्म चार जनाको शव फेला परेको र दुईजना जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
