आइतवार, पुस ६, २०८२

बिरामी जाँच्‍न रुकुम पश्चिम पुगे डा. गोविन्द केसी

  
कर्णाली टाइम्स शनिबार, मंसिर २५, २०७८


सुर्खेत। डा. गोविन्द केसीले रुकुम पश्चिम जिल्ला अस्पतालमा पुगेर उपचार सेवा सुरु गरेका छन् । दुर्गमका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने अभियानको क्रममा अर्थोपेडिक डा. केसी शुक्रबार बिहान जिल्ला अस्पताल रुकुम पश्चिम पुगेका हुन्।
रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार गरेर उनी रुकुम पश्चिम पुगेका हुन्। हाड तथा नसा सबन्धी पूराना तथा नयाँ बिरामीले शुक्रबार डा. केसीसँग उपचार तथा परामर्श लिइरहेका छन्।
रुकुम पश्चिममा एक सता बसेर सल्यान जिल्ला अस्पताल जाने योजना डा. केसीक छ।