शनिबार, पुस १२, २०८२

एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुन: सञ्चालनमा

  
कर्णाली टाइम्स मंगलबार, पुस ६, २०७८

सुर्खेत। एक महिनादेखि बन्द सुर्खेत विमानस्थल मंगलबारदेखि पुन: सञ्चालनमा आएको छ। धावनमार्ग मर्मत (ओभरले) गर्ने काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो।
नियमित कार्यअनुसार धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो।
विमानस्थल पुन: सञ्चालन हुने भएपछि सोमबारदेखि वायुसेवा कम्पनीहरूले टिकट बिक्री खुला गरेका थिए। सुर्खेत-काठमाडौं सिँधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नियमित सुर्खेतको भरेको छ।
यसबीचमा बुद्धले सुर्खेतको विकल्पमा नेपालगन्जमा एउटा उडान थपेको थियो।

धावनमार्ग मर्मतका क्रममा सुर्खेत विमानस्थलमा हेलिकप्टर भने अवतरण तथा उडान हुने गरेका थिए।