
सुर्खेत। नेकपा एमाले सुर्खेतले जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ। आठौं जिल्ला अधिवेशन सफल पार्न जिल्ला कमिटिले ८ वटा विभिन्न प्रकारका समितिहरु गठन गरेको छ।
पुस २३ र २४ गते वीरेन्द्रनगरमा आयोजना गरिने जिल्ला अधिवेशनका लागि जिल्ला कमिटि अध्यक्ष, उपाध्यक्ष लगायतको संयोजकत्वमा समितिहरु बनाईएको हो।
जिल्ला अध्यक्ष धु्रवकुमार शाहीको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृतबहादुर विसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति बनाईएको छ।
यस्तै गंगाराम तिमिल्सेनाको संयोजकत्वमा प्रचारप्रसार समिति, हरिहरनाथ योगीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन समिति, पूर्णप्रसाद पौडेलको संयोजकत्वमा खाना तथा खाजा व्यवस्थापन समिति, चतुर्भुज शाहीको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति र सुशिला विकको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको हो।
पुस १७ गते जिल्ला अधिवेशनका लागि वडाहरुबाट प्रतिनिधि छनोट गरिने प्रचारप्रसार समितिका संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिए।
उनका अनुसार प्रतिनिधि छनोट गर्दा अन्य जाती र जनजाती सदस्यहरु ३० जना बराबर १ जना तथा दलित क्षेत्रबाट २० जना सदस्य बराबर १ जना छनोट गरिनेछ।
एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले प्रतिनिधिहरु छनोट गर्दा ३३ प्रतिशत महिला अनिवार्य समावेश गरिने बताए। उनका अनुसार सुर्खेत जिल्लाभर १२ हजार एमालेका सदस्य छन्।
आठौं जिल्ला अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ।
कर्णाली टाइम्स
शनिबार, पुस १०, २०७८
