शुक्रबार, असार २०, २०८२

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेल्न कर्णालीबाट १४ खेलाडी छनोट

  
कर्णाली टाइम्स बिहीबार, पुस २२, २०७८


सुर्खेत। पुस २५ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट १४ जना खेलाडी छनोट गरिएको छ। कप्तान रविन्द्रजंग शाहीको नेतृत्वमा १४ जना खेलाडी छनोट गरिएको हो।
रविन्द्रको कप्तानीमा प्रकश जैसी, निश्चल रावल, दिवान पुन, अनुजकुमार चनारा, हिमान्सु शाही, दिनेश अधिकारी, विपिन रावल, हेमन्त ओली, अर्जुन घर्ती, राजप्रसाद शाह छनोट भएका छन्।
यस्तै मनिष थापा, अनुप कुँवर, रुपक दाहाल पनि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्नका लागि छनोट भएका छन्।
छनोट भएका खेलाडीहरु बुधवार काठमाडौं प्रस्थान गरेका छन्। उक्त टिममा रोशन शाही व्यवस्थापकको रुपमा छन् भने कोचको रुपमा रविन्द्र शाही रहेका छन्।