कर्णाली टाइम्स
आइतवार, पुस २५, २०७८
सुर्खेत। शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ।
हुम्लाको तापक्रम माइनस १२ डिग्रि सेल्सियसभन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ। हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयले बताएका छन्।
अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्। निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए।
हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ। रासस