मंगलबार, असार १७, २०८२

कर्णालीका तीन जिल्लामा एमालेको नेतृत्व चयन

  
कर्णाली टाइम्स आइतवार, पुस २५, २०७८


सुर्खे‍त। नेकपा एमालको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका ८ वटा जिल्लामा अधिवेशन चलिरहेको छ। अधिवेशन चलिरहेका जिल्लामध्ये ३ जिल्लामा जिल्ला कमिटीको नेतृत्व टुंगो लागेको छ।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार डोल्पा, सल्यान र जुम्लामा जिल्ला कार्य समितिको नेतृत्व टुंगो लागेको हो। डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्दकुमार पुन जिल्ला अध्यक्ष बनेका छन्। दुवै जना सर्वसम्मत चयन भएका हुन्।
जुम्ला जिल्ला कमिटीको अध्यक्षका लागि एक जनाको मात्र उम्मेदवारी परेको ले सर्वसम्मत भएको उनले बताए। जुम्ला अध्यक्षका लागि शान्तिलाल महतको एकल उम्मेदवारी परेको हो।
अरू जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएको छ। भोलीसम्म अधिवेशन चलिरहेका सबै जिल्लामा नेतृत्व चयन हुने एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ।
कर्णाली प्रदेशका डोल्पा, सल्यान, जुम्ला, सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिममा मात्र अधिवेशन भएको हो। बाँकी रहेका जिल्लाहरुमध्ये मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते अधिवेशन तोकिएको छ।