मंगलबार, असार १७, २०८२

विद्यालय १५ दिन बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

  
कर्णाली टाइम्स सोमवार, पुस २६, २०७८


सुर्खेत। कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ। सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो।
सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
‘सिसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने हो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘आज भरैसम्म मन्त्रालयबाट सूचना जारी गर्छौं।’ वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ। सेतोपाटी