कर्णाली टाइम्स
आइतवार, फागुन १, २०७८

सुर्खेत। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभामा बिहान सांसदहरुले महाभियोग दर्ता गरएका हुन्।
राणाविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।
महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरुङलगायत छन्। संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्छन्।
मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।
केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए। नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अझै आन्दोलन गरिरहेको छ।
