कर्णाली टाइम्स
आइतवार, फागुन १, २०७८

सुर्खेत। सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा दीपककुमार कार्कीले जिम्मेवारी पाएका छन्। प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै चोलेन्द्रसमशेर जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन्।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुखमाथि महाअभियोग दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुन्छ।
प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका हुन्।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेको महाअभियोग आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो।
