सोमवार, असार १६, २०८२

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोगको प्रतिवादबारे निर्णय गरिने

  
कर्णाली टाइम्स सोमवार, फागुन २, २०७८


सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे निर्णय गर्ने जनाईएको छ ।
आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठक बसेको थियो। सोही वैठकबाट महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको हो।
सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो। यद्यपी प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले आज निर्णय गर्ने भएको छ।
सचिवालय बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ। सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने एमालेले निर्णय गरेको छ।