कर्णाली टाइम्स
बिहीबार, फागुन ५, २०७८
सुर्खेत। कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रहेका विष्ट प्रदेश सरकारको प्रवक्तामा नियुक्त भएका हुन्।
माघ २६ गतेबाट लागु हुनेगरी मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई सरकारको प्रवक्तामा नियुक्त गरेका हुन्।
विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपपरिषदमा प्रतिनिधित्व गरिरहेका छन्।
कर्णाली प्रदेश सरकारको पहिलो प्रवक्ता विमला केसी थिईन्। सुरुको मन्त्रिपषिदमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेकी केसी प्रवक्ता पनि थिईन्।
त्यसपछि फेरि पुनर्गठन गरिएको मन्त्रिपरिषदमा सीता नेपाली प्रदेश सरकारको प्रवक्ता बनिन्। उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिईन्।