कर्णाली टाइम्स
बिहीबार, फागुन ५, २०७८
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्। बिहिवार बिहान जिल्ला सादा पोशाकमा खाटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–१२ विमानस्थल नजिकबाट एक जनालाई पक्राउ गरेको हो।
शंकास्पद रुपमा हिँडिरेका वीरेन्द्रनगर–१२ का ३१ बर्षीय चन्द्रबहादुर रानालाई चेकजाँच गर्दा उनको साथमा ९ क्वाटर, २ पुडिया लागुऔषध फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार लागुऔषधसहित उनलाई रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।